अन्तर्राष्ट्रिय योगा दिवसमा दुई दिने वेलनेस सेसन अन स्पोर्ट्स कार्यक्रम



काठमाडौं ।

अन्तर्राष्ट्रिय योगा दिवस तथा अन्तर्राष्ट्रिय ओलम्पिक डे को अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स साईकोलोजी कमिशनले दुई दिने वेलनेस सेसन अन स्पोर्ट्स कार्यक्रम आयोजना गरेको छ ।

जुन २१ र २२ मा सञ्चालन गरिएको उक्त कार्यक्रममा विहान योगा र डाइनामिक मेडिटेसन गरिएको थियो । त्यसैगरी दिनमा स्पोर्ट्स साइकोलोजी र काउन्सेलिंग तथा खेलाडीहरुमा वान अन वान काउन्सेलिंग भएको थियो । उक्त कार्यक्रममा योगा तथा डायनमिक मेडिटेशन कमिशनका सदस्य साईकोलोजिष्ट लक्ष्मी प्रधान र स्काउट मास्टर युवराज वरदेवले योगा र मेडिटेशन गराउनु भएको थियो ।

त्यस्तै, काउन्सेलिङ्ग कमिशनका अध्यक्ष ईन्द्र गुरुङ्गले साईकोलोजी तथा काउन्सेलीङ्ग गराउनु भएको थियो भने सदस्य राजेश्वरी श्रेष्ठ गुरुङ्गले खेलाडीहरुको वान एण्ड वान काउन्सेलिङ्ग गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा विभिन्न कमिशनका पदाधिकारीहरु गरी लगभग ३० जनाको सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्