गुल्मीको एकल लोकगीत प्रतियोगितामा रेखा र रीता छनोट



गुल्मी । गुल्मीमा एकल लोक गीत प्रतियोगिता छनोट कार्यक्रम सम्पन्न भएको छ। राष्टिझय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश समितिले प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिता गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आयोजना गरेको हो।

प्रतियोगितामा जिल्लाका ६ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। त्यसमध्येबाट रेखा कुमाल र रीता विश्वकर्मा छनोट भएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले बताए। जिल्लाबाट छनोट भएका प्रतिस्पर्धीले आगामी असार ७ गते बुटवलमा हुने प्रदेशस्तरीय प्रतियोगीतमा सहभागिता जनाउन पाउनेछन्। छनोट कार्यक्रममा राष्टिझय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश सचिव योगराज कँडेल र गायक हरि खत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

जिल्ला सदरमुकाम तम्घासमा हुने कार्यक्रमको आयोजकमा राष्टिझय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी आयोजक रहेको छ। प्रतियोगिता १२ जिल्लामा हुनेछ। प्रदेशबाट प्रथम हुनेले ५१ हजार, द्वितीय हुनेले ३१ हजार र तृतिय हुनेले २१ हजार रुपियाँ पुरस्कार पाउने प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष पन्थले बताए।

कार्यक्रमबाट लोक गीतको क्षेत्रमा गायन कला भएका तर अवसर नपाएर लुकेर रहेका प्रतिभा बाहिर ल्याउने मुख्य उद्देश्य रहेको पन्थले बताए। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी अध्यक्ष सिलु भद्मराई, पूर्व अध्यक्षहरु खुम खत्री, जनक पन्त, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्