काठमाडौँ।
भारतले नेपाललाई ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा भारतले २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गरिएको हो।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको आर्थिक सहयोग प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदानका रूपमा उपलब्ध गराइनेछ।
त्यसैगरी, बाँकी १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत उपलब्ध गराउने संयुक्त वक्तव्यमा उल्लेख छ।
यसअघि नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो।
भारतले घोषणा गरेको उक्त आर्थिक सहयोगले नेपालको पुनर्निर्माण तथा विकास निर्माणका क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।








तपाईंको विचार लेख्नुहोस्