सम्मान र पुरस्कार प्रदान

0
Shares

गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानद्वारा हालै राजधानीमा आयोजित एक समारोहका बीच नेपालभाषा साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा महङ्कवपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कारसहित सम्मान गरिएको छ।

कार्यक्रममा ६ दशकदेखि संगीत तथा नाट्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका जनगायक भृगुराम श्रेष्ठलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ। त्यसैगरी, पत्रकार तथा साहित्यकार विजयरत्न अशंबरे र उदयीमान गायक सिद्धार्थ वज्राचार्यलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको छ।

कामनपा वडा नं १३ का समाजसेवी दिलबहादुर मानन्धर तथा उनका पुत्रहरु गीतकार तथा प्राडा राजु मानन्धर, गायक सज्जु मानन्धर र प्रतिष्ठानका संरक्षक राजेश मानन्धरद्वारा स्थापित प्रतिष्ठानको तर्फबाट पुरस्कार निर्णायार्थ परामर्श कमिटी बनाई पुरस्कार प्रदान गरिएको समारोहका सभापति तथा प्रतिष्ठानका अध्यक्ष विजयकुमार मानन्धरले जानकारी गराए। गणेशदेवी मानन्धर समाजसेवी दिलबहादुर मानन्धरका धर्मपत्नी हुन्। उनको निधनको दोस्रो पुण्यतिथिको स्मृतिमा गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान पुरस्कार प्रदान गरिएको हो।