सुदनकोे मञ्जिले भिडियोमा



गायक गायिका सुदन गैरे र ममता गुरुङले गाएको हिन्दी गीत मञ्जिलेको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अनिल संग्रौला र शंकर थापा ञस्माइलु को शब्द रचना तथा शंकर थापा ञस्माइलु संगीत र उदयराज पौडेलले संगीत संयोजन रहको गीत गीतको भिडियो उत्कृष्ट बनेको छ। इन्डियन डान्स रियालिटी प्रतियोगितामा सहभागी हुन संघर्ष गरिरहेको एक प्रेमिल युवा जोडीको जीवनमा आइलागेको दुःखद् दुर्घटनाको कथा गीतको भिडियोमा प्रस्तुत गरिएको छ। करिब ६ मिनेटको भिडियोमा निर्देशक गणेश शाहीले फिल्मी शैलीको कथा प्रस्तुत गरेका छन्।

राहुल शाह र आश्मा विश्वकर्माले अभिनय गरेका छन् भने राहुल शाहको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङले छायांकन र सम्पादन रहको छ। प्रतिमा शर्माद्वारा निर्मित भिडियो राइट ट्युन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्