स्पन्दन भ्वाइस किड्स- २



टेलिभिजन गायन रियालिटी शो भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले चुमेका छन्।

शुक्रबार राति भएको अन्तिम स्पर्धामा सुब्बाले उपाधि चुम्दै १५ लाख रुपियाँका साथमा अन्य पुरस्कार प्राप्त गरेका छन्। विजयी सुब्बालाई भ्वाइस किड्स सिजन–२ प्रसारण हुँदै आएको हिमालय एचडी टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले पुरस्कार प्रदान गरेका थिए।

उपाधिका लागि चार जना कोचबाट दुई दुई गरी सुब्बासहित आठ जनाले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धा थिए।

टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाले प्रतिस्पर्धा गरेका थिए। अन्तिम प्रतिस्र्धामा आठैजनाले शानदार सांगीतिक प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्