बागमती प्रदेशबाट गायन र नृत्य प्रतिभाको खोजी



लामो समयदेखि प्रतिभा र सौन्दर्यमूलक प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बागमती प्रदेशभित्र लुकेर रहेका गायन र नृत्य प्रतिभा बाहिर ल्याउने उदेश्यले बागमती गट ट्यालेन्टको खोजी शुरू गरेको छ।

हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि देशमै पहिलोपटक रियालिटी शोको आयोजना गर्दै बागमती गट ट्यालेन्टको खोजी शुरू गरेको हो। यसका लागि हाउसले हालै धादिङ र चितवन पुगेर बृहत् अडिसन गरेको छ। दुवै स्थानमा गायन र नृत्य प्रतिभाहरूले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक हाउसका सीईओ तथा सो रियालीटी शोका परिकल्पनाकार एवं निर्देशक लवबहादुर कार्कीले नेपाल समाचारपत्रलाई जानकारी गराए। ञविभिन्न स्कुलको समन्वयमा भएको अडिसनमा विद्यार्थी भाइबहिनीले उत्साहपूर्वक सहभागिता जनाएका छन्। बागमती प्रदेशभित्रका विभिन्न स्थानका गायन र नृत्य प्रतिभाबाट देशले यी विधामा नयाँ प्रतिभाको पदपूर्ति गर्ने विश्वास लिएका छौं, कार्कीले भने ञशहर केन्द्रित रियालिटी शो भइरहेको समयमा गाउँ–गाउँका अवसरविहीन गायन र नृत्य प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गर्न लागिएको हो, अहिलेका बालबालिकामा सानैदेखि फरकस्तरको लोभलाग्दो गायन र नृत्य प्रतिभा पाइन्छ। त्यस्ता वास्तविक प्रतिभा अवसर र मञ्च पाउनबाट वञ्चित हुँदै आएका छन्। तीनै वास्तविक प्रतिभाको खोजीका लागि पहिलोपटक प्रदेशस्तरमा बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्स रियालिटी शो गर्न लागिएको हो। यसका लागि हामी बागमती प्रदेशका नौ स्थानबाट वास्तविक प्रतिभाको खोजी गर्नेछौं। पहिलोपटक बागमती प्रदेशमा रियालिटी शो गरिसकेपछि चरणबद्धरूपमा बाँकी ६ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको रियालिटी शो गर्ने योजना छ।

रियालिटी शोका लागि पहिलो चरणमा धादिङ र चितवनमा अडिसन गरिएको तथा विभिन्न चरणमा मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा अडिसन गरिने तथा नौ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौंमा ल्याएर डिजीटल अडिसन गरी त्यसबाट चुनिएकालाई रियालिटी शोमा सामेल गरिने कार्कीले बताए। रियालिटी शोको अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कारस्वरूप जनही नगद एक लाख रुपियाँ तथा फस्ट रनर्सअपलाई जनही ३० हजार र सेकेन्ड रनर्सअपलाई जनही २० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएका छन्। रियालिटी शोमा आठदेखि १३ वर्षका बाल प्रतिभालाई सामेल गरिने व्यवस्था गरिएको छ।

बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालिटी शो ख्यातिप्राप्त अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल तथा ख्यातिप्राप्त गायक गायिकाद्वय आनन्द कार्की र देविका वन्दनाको मार्गदर्शनमा हुन लागेको हो। अभिनेत्री मिथिला शर्माले यो रियालिटी शो गायन र नृत्यको क्षेत्रका लागि नयाँ आयाम हुने बताइन्। अभिनेत्री गौरी मल्लले यसबाट देशले नव प्रतिभा पाउने विश्वास व्यक्त गरेकी छन्। गायक आनन्द कार्कीले लुकेर रहेका प्रतिभाका लागि यो सुनौलो अवसर हुने बताए। गायिका देविका वन्दनाले गाउँ–गाउँमा लुकेर रहेका प्रतिभा यो रियालिटी शोबाट बाहिर आउने विश्वास व्यक्त गरिन्।

राष्टिझय टेलिभिजनबाट प्रसारणमा आउने रियालिटी शोमा सल्लाहकार संयोजक विदुर गिरी, कार्यक्रम संयोजक राजेन्द्र लुईटेल, इभेन्ट संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट व्यवस्थापक ए तामारू र भिजन संयोजक डेभिल राजपूत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्