प्रदीपले ल्याए तै माया


गायक प्रदीप कार्कीको गीत तै माया भिडियोसहित सार्वजनिक भएको छ। दीपक शर्माको शब्द र संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्जमेन्ट तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ।

डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा मोडलद्वय सुनील क्षेत्री र एलिशा शर्माले अभिनय गरेका छन्। गीतले एक प्रेमिल जोडीको प्रेम सम्बन्ध र निकटता देखाएको छ।

दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका छन्। गायक कार्कीले यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमीभन्दा, बीचै बाटोलगायतका गीत बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।