संगीतमा फर्कंदै साकार



लिटिल बुद्धका रुपमा परिचित र्यापर साकार अधिकारी नौ महिनाको भूमिगत जीवनपछि संगीत क्षेत्रमा फर्कने भएका छन्।

साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन्। उनको एल्बम आगामी जुन, २०२३ मा रिलिज हुने भएको छ। एल्बमको गीत भने जुनको पहिलो साता सार्वजनिक हुनेछ। उनी आगामी जुनमै देशका प्रमुख नौ सहरमा नेपाल टुर पनि गर्दैछन्।

पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीई नेटवर्कले यसपटक पनि साकारको नेपाल टुरको व्यवस्थापन गर्दैछ। पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अस्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन्। साकारको पछिल्लो म्युजिक भिडियो नो पिस इन लभ नेपालसहित अस्ट्रेलिया र यूएईमा ट्रन्डिङमा परेको थियो। यो गीत नेपालमा एक नम्बर तथा अस्ट्रेलियामा र यूएईमा ६ नम्बर ट्रन्डिङमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्