कविताका साथ पुष्प बेइमानी



नवगायक पेम्बा लामाको स्वरमा बेइमानी बोलको गीत हालै सार्वजनिक भएको छ।

दीपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको गीतमा गोपाल रसाइलीको एरेन्जमेन्ट रहेको छ। हालै सार्वजनिक भएको गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल कविता नेपालीका साथमा सन्तोष बस्ताकोटी, हेन्सल लामा र सुदर्शन पन्तले अभिनय गरेका छन्। भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ। लोक पप शैलीको गीत पेम्बा लामा र क्षितिज स्पर्शले संयुक्तरुपमा निर्माण गरेका हुन्। गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्