काँडेतारलाई सेन्सर सर्टिफिकेट नदिएकोप्रति नेताको आपत्ति



नवल खड्काद्वारा निर्मित, अभिनित तथा निर्देशित फिल्म काँडेतारका केही दृश्य र संवादका काराण दुई देशका बीचको सम्बन्धमा आँच आउन सक्ने कारण देखाउँदै सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट नदिएपछि यसको निर्माण समूहले मंगलबार राजधानीमा आयोजना गरिएको अन्तक्र्रियामा विभिन्न व्यक्तिले यसप्रति आपत्ति जनाएका छन्।

अन्तरक्रिया मा नेकपा एमालेका नेता भीम रावलले काँडेतारलाई रोक्ने कार्य स्वीकार्य हुन नसक्ने बताए। ञफिल्मको कुनचाहिँ संवाद र दृश्यले नेपालको राष्टिझय हितमा आघात पुगेको छ? यदि, सरकारले फिल्म रोके जनतामाझ लगेर प्रदर्शन गर्छौँ। फिल्म र मनोरञ्जन जनताको मौलिक अधिकार हो, यसको हनन कसैले गर्न सक्दैनु नेता रावलको भनाइ थियो। त्यसैगरी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले काँडेतार निर्बाध चल्न पाउनुपर्ने बताए। ञसबै बसेर फिल्म हेरौँ कहाँ के आपत्ति छ? यदि, आपत्ति छ भने सेन्सर बोर्डलाई सघाउँला तर यसलाई रोक्नचाहिँ हुँदैनु शाहीको भनाइ थियो। प्राध्यापक डा. सुरेन्द्र केसीले देशको सीमा मिच्दा र राष्टिझयताको मुद्दा उठाउँदा प्रोत्साहन गर्नुपर्नेमा फिल्म रोकिनु राम्रो विषय नभएको भन्दै आपत्ति जनाए।

फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले फिल्ममार्फत सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने विषय उठान गरेको दाबी गर्दै कुनै पनि संवाद र दृश्य नहटाई फिल्म चल्न दिनुपर्ने माग गरे। ञसरकारले यस्तो कुरामा सहयोग गर्नुपर्नेमा उल्टै रोक्ने काम गरेको छ, हामी पछि हट्दैनौं बरु अदालत जान्छौँ, खड्काले भने। खड्काले आगामी जेठ पहिलो साता फिल्मको पुनः सेन्सर गरिनेछ।

प्रतिक्रिया दिनुहोस्