बुटवल ब्याडमिन्टन क्लबको अध्यक्षमा पंकज



बुटवल । 

बुटवल ब्याडमिन्टन क्लबको छैटौँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट निर्विरोध नयाँ नेतृत्व चयन भएको छ । शनिबार हुने अधिवेशन अगावै क्लबमा पंकज किशोर ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । अधिवेशन हुनु अगावै क्लबको छैटौँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट सर्वसम्मत रुपमा पंकज किशोर ज्ञवालीको अध्यक्षतामा पन्ध्र सदस्य नयाँ समिति गठन भएको प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी गराउनु भयो ।

क्लबका पूर्वअध्यक्ष इन्द्रलाल श्रेष्ठले पाँच जना खेलाडीबाट २०६७ सालमा विधिवत् रुपमा दर्ता भएको क्लबमा ३४ जना आजीवन र ७२ जना साधारण सदस्य रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाको संरक्षकमा सञ्चालित क्लबले राष्ट्रिय खेलाडी समेत उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुराएको श्रेष्ठले बताउनु भयो ।

यस्तै, क्लबका अध्यक्ष गोपाल टण्डनले कोभिड महामारीसँगै ब्याडमिन्टन खेलमा उदासीनता छाएकोले त्यसलाई पुरानै लयमा फर्काउन आवश्यक काम गरेको दाबी गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा तिन वटा आन्तरिक र एउटा राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको र क्लबका उत्कृष्ट बिस जना खेलाडीलाई प्रशिक्षण समेत प्रदान गरिएको टण्डनले जानकारी दिनु भयो ।

कबड हलको मर्मत सम्भार र स्तरबृद्धिमा आफ्नो कार्यकालमा सकारात्मक कामहरु भएको बताउनुभयो । ज्ञवालीको अध्यक्षतामा रहेको समितिको प्रथम उपाध्यक्षमा नलराज नेपाल , दितिय उपाध्यक्ष तुलसी राम भट्टराई(सम्भु), तृतीया उपाध्यक्ष भरत बहादुर राना , सचिवमा भानुभक्त खत्री , कोषाध्यक्षमा राजु खेरल , सह कोषाध्यक्षमा टिकाराम पन्थी र सहसचिवमा बलबहादुर गोदार चयन हुनु भएको छ ।

समितिको सदस्यहरुमा लालमणि पन्थी , विश्वास नेपाल , नारायण तिवारी , बाबुराम पाठक , अशोक प्रधान , गोकर्ण पाण्डे र धरम वीर खत्री निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । क्लबको छैटौँ साधारण सभा तथा पाँचौँ अधिवेशन शनिवार हुने छ ।

प्रतिक्रिया दिनुहोस्