सदनको अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै  अन्त्य गर्ने विषयमा छलफल भएको हो ।

साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।