अल्ट्रा म्याराथन २०८० को उपाधि  कुँवरलाई



मुगु। 

जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । सोमबार बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट सुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुँवरले चार घण्टा ५४ मिनेट १० सेकेन्डमा पुरा गरी प्रथम भएका हुन् ।

४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय ५ घण्टा ८ मिनेट ४१ सेकेन्डमा तोकिएको दुरी पार गरी शेर बहादुर बुढा तृतीय स्थान आउन सफल भएका कर्णाली खेलकुद क्लबका सचिव मधुराज न्यौपानेले जानकारी दिए ।

यसैबिच ५ घण्टा २६ मिनेट ५५ सेकेन्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर सोव बहादुर रावतले पाचौ स्थान प्राप्त गरेका छन् ।

यसैगरी, महिलातर्फ छ घण्टा ६ मिनेट २३ सेकेन्डमा जुम्लाकै मञ्जु रावत प्रथम, ६ घण्टा ५४ मिनेट २७ सेकेन्डभित्र पार गरी गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६सेकेन्डमा पार गरी अनिता बुढा तृतीय भएका छन् ।

७ घण्टा ५५ मिनेट ३९ सेकेन्डममा सो दुरी पार गदै उमाकली बुढा चौथौँ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसाबुुढा रोकायाले पाचौ स्थान प्राप्त गरिन् । प्रतियोगिताको उपाधि जित्ने पुरुष, महिला सबै जुम्लाका हुन् ।

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० खेलमा जुुम्लााबाट रारा हुटुुसम्मको ४९ किलोमिटरमा भाग लिएका ७० जना मध्ये ५१ जना मात्रै रारा पुगेको जनाइएको छ । क्लबले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १ लाख , ७५ हजार ५० र चौथौँ र पाँचौ हुने खेलाडी २०/२० हजार नगद सहित प्रमाणपत्र प्राप्त गने भएका छन् । म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा दौडेका थिए । पुरस्कार  रारातालको किनारमा कार्यक्रम गरी प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ ।

यसै बिच जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८०को अन्य छोटो दुरीका खेल प्रतियोगितामा गरेर ३ सय जना सहभागी भएका जनाइएको छ । कर्णालीको पर्यटन प्रवर्द्धनका लागी चौथौँ रारा अल्टा म्याराथन सुरु गरिएको हो ।यस प्रतियोगिताले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने उद्देश्य सहित हरेक वर्ष लोकतन्त्र दिवसको अवसरमा जुम्ला–रारा अल्ट्रा म्याराथुन गदै आएका र यो बर्ष पनि आयोजना गरिएको आयोजकले जनाएको छ । यो सँगै यस जुम्ला–रारा अल्ट्रा म्याराथुनमा अमेरिकाका २ ,भारतका १ आयरल्यान्ड १ र बेलायतका १ जना खेलाडीले भाग लिएका कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्