अवाले आईबिएको राष्ट्रिय संघ समितिको सदस्यमा मनोनित



काठमाडौं ।

नेपाल बक्सिङ संघका सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्याम अवाले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए)को मेम्बर फेडेरेसन कमिटीको सदस्य मनोनीत भएका छन् ।

नेपाल बक्सिङ सङ्घले बिहीबार आइबिएको बोर्ड बैठकले अवालेलाई समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

यो समितिको मुख्यतया महासंघमा आबद्ध २०४ वटा सदस्य राष्ट्रिय संघसँग मिलेर महासंघ र राष्ट्रिय संघको साँघुको रुपमा कार्य गर्ने, महासंघको नीति र नियमहरूको संघहरुलाई नियमित जानकारी गराउने, राष्ट्रिय संघमा बक्सिङ विकासका लागि आवश्यक योजना तर्जुमा सहयोग गर्ने र आवश्यकता अनुसार प्रशिक्षक, निर्णायकहरूको तालिम सञ्चालन गर्न राष्ट्रिय संघहरुसँग मिलेर कार्य गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्