भलिबल प्रतियोगितामा दमक नगरपालिकाको उत्कृष्ट जित



काठमाडौं ।

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकाद्वारा आयोजित भलिबल प्रतियोगितामा झापा दमक नगरपालिकाको उत्कृष्ट जित भएको छ ।

बाराहामा भएको झापा दमक नगरपालिका र नगरपालिका स्तरीय भलिबल प्रतियोगितामा त्रियुगा नगरपालिका १ र झापा दमक बीचको खेलमा दमकले ३ सेटले जितेर पहिलो स्थान हासिल गरेको युवा तथा खेलकुदका अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिए ।

भलिबल खेल बेष्ट अफ ५ सेट हुने नियम रहेको छ । उक्त खेलमा ३ सेट एकै टिमले जितेमा सो टिमलाई विजय गर्ने घोषण गरेको थियो । पहिलो १ सेट मात्र त्रियुगाले जित्यो भने झापा दमकले ३ सेट जितेर पहिलो स्थान सुरक्षित गरेको हो ।

पहिलो स्थान हासिल गर्ने झापा दमक टिमले १ लाख नगद ,सिल्ड, मेडल र प्रमाणपत्र , दोस्रो ६० हजार नगद , सिल्ड , मेडल र प्रमाणपत्र तेस्रोले ४० हजार नगद , सिल्ड, मेडल प्रमाणपत्र प्राप्त बुढाथोकीले जानकारी दिए ।

महिला भलिबल तर्फको अन्तिम खेल भोजपुर आमचोक र उदयपुर लिम्चुङबुङको बीच हुँदैछ । पुरस्कार वितरण महिला भलिबल खेल पश्चात् हुने अध्यक्ष बुढाथोकीले जानकारी दिए । लिम्चुङबुङ गाउँपालिकाले पर्यटन प्रवर्द्धन खेलकुद संगै अगाडि बढाउने लक्ष्य लिएको छ , पर्यटनको नयाँ गन्तव्य लिम्चुङबङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्