दुई थान भरूवा बन्दुक बरामद


रुकुम । भूमे गाउँपालिका(१ वालुवास्थित सुन्दर सुमा सामुदायिक जंगलको ओडारबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक २ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लुकुमबाट खटिएको प्रहरीले उक्त जंगलमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।