सैबु भलिबल क्लबको अध्यक्षमा कुँबर



ललितपुर ।

ललितपुर महानगरपालिका सैबु भलिबल क्लबको तदर्थ समितिको अध्यक्षमा धिरज कुँवर चयन हुनुभएको छ । क्लबको आइतबार सम्पन्न भेलाले उहाँको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मिलन थापा, सुरेन्द्र थापामगर र गंगाराम केसी चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा कुमार थापा, विसुराम थापा र विनोद कुँवर चयन हुनुभएको छ । तदर्थ समितिले ३ महिनाभित्र पुर्ण कार्यसमिति गठन गर्ने जनाएको छ । नेपालको राष्ट्रिय खेललाई विश्वसामु चिनाउन र युवापिढीलाई भलिबल तालिम सञ्चालन गर्न क्लब गठन गरेको तदर्थ समितिका अध्यक्ष धिरज कुँबरले जानकारी दिनुभयो ।

जावलाखेल भलिबल क्लबका वरिष्ठ प्रशिक्षकको जिम्मेवारी सम्हाली सक्नुभएका कुँवरले आफ्नै क्षेत्रका युवालाई भलिवल खेलप्रति आकर्षित गराउन क्लब स्थापना गरेको जानकारी दिनुभयो । क्लबले तदर्थ समिति गठन गरेदेखिनै तालिम सञ्चालन शुरु गरेको छ । प्रशिक्षणमा दैनिक करिब २ दर्जन युवाको सहभागि हुने गरेको अध्यक्ष कुँवरले बताउनुभयो । क्लबले आवास खेलमैदानमा तालिम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्