सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय


धनगढी ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रदेशसभामा आइतबार मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै छन् । कांग्रेस संसदीय दलको नेतासमेत रहेका शाहलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएको हो ।

शाहलाई नागरिक उन्मुक्तिसहित माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । केन्द्रको राजनीतिक समीकरणले प्रदेशसमा पनि प्रभाव परेको हो । जसकारण मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत पाउने सम्भावना बलियो छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।