मलाईकाको प्रशंसा

0
Shares

बलिउड अभिनेत्री मलाइका अरोरा फिटनेस तथा वैवाहिक तथा प्रेम जीवनका कारण बेला बेलामा चर्चामा आइरहन्छिन्।

उमेरले ५० टेक्न लागेकी मलाइका आफ्नो फिटनेसमा विशेष सतर्कता राख्छिन्। हालै योगा क्लास जाने क्रममा उनले एक वृद्ध महिलाप्रति देखाएको व्यवहारका कारण उनका फ्यानले उनको प्रशंसा गरिरहेका छन्। सामाजिक सञ्जालमा मलाइकाको एक भिडियो यतिबेला चर्चामा छ। जसमा उनी गाडीबाट ओर्र्लिएर सडक पार गर्दै आफ्नो योगा क्लास जाने क्रममा पापाराजीहरु फोटो लिनका लागि आग्रह गर्छन्।

तर, बेवास्ता गर्दै अघि बढिरहेकी मलाइकाले योगा क्लासको गेटमा उभिइरहेकी एक वृद्ध महिलालाई धक्का दिन पुग्छिन्। मलाइकाले आफूले अञ्जानमा वृद्ध महिलालाई धक्का दिएको महशुस गरेपछि फर्किएर उनीसँग माफी माग्दै हात मिलाउँछिन् र पापराजीलाई महिलालाई मद्दत गर्न आग्रह गर्छिन्। यो भिडियो सामाजिक सञ्जालमा आएपछि धेरैले मलाइकाको रुप र फिटनेस जस्तै सुन्दर मन पनि भएको भन्दै प्रशंसा गरेका छन्।