मोडल, साहित्यकार तथा पूर्व कीड क्वीन फस्ट रनर्सअप जेनिशा मानन्धरद्वारा लिखित अंग्रेजी उपन्यास लस्ट लेटर्स अस्ट्रेलियापछि काठमाडौंमा सार्वजनिक गरिएको छ।
एमाजनद्वारा प्रकाशित उपन्यास हालै राजधानीमा आयोजित एक समारोहबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभा सांसद यमुना श्रेष्ठ, उपन्यास विमोचन कार्यक्रम आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धलगायतले विमोचन गरेका थिए।
श्रेयस्कर डंगोलको कभर डिजाइन रहेको उपन्यासमा विभिन्न कालखण्डमा प्रस्तुत गरिएको छ। एउटा अहिलेको आधुनिक संसारको हो भने अर्को त्यो समयको कथा हो, जब विदेशीले काठमाडौंमा सान्त्वना पाएका थिए, जसलाई हिप्पी युग पनि भनिन्छ।
लस्ट लेटर्स भाग्यले बाँधिएका तथा दूरीबाट प्रभावित भएका चार फरक व्यक्तिहरुको प्रेम कथा हो, उपन्यासकार जेनिशा मानन्धरको भनाई छ काठमाडौंको झोँछे, जहाँ म मेरा साथीहरुसँग लामो समय बिताएर आप्mना भावना तथा विचार उनीहरुसँग छलफल गर्न मन पराउँछु। कुनै बेला मैले काठमाडौं नाउ एण्ड देन नामक प्रोजेक्टमा काम गरेकी थिएँ । त्यो बेला मैले यो शहरका केही पुराना तस्बिर हेर्दै थिएँ। त्यही तस्वीरले कथा बन्दै उपन्यासको स्वरुप लिएको हो।
नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित विमोचन समारोहमा उपसभामुख रानाले नेपाली साहित्यकारको कृति अन्तर्राष्ट्रियस्तरमा प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै यो पुस्तक नेपाली भाषामा समेत अध्ययन गर्न चाहेको बताईन्। काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पछिल्लो पुस्ताले वास्तविक माया ममता गुमाउँदै गएको अवस्थामा लस्ट लेटर सुहाउँदो भएको चर्चा गरिन्।
साहित्यकार इन्दिरा प्रसाईले लेखिका जेनिशा मानन्धरलाई अन्तर्राष्ट्रिय साहित्यकार बन्न सफल भएकोमा बधाई दिइन्। लेखिका मानन्धरकी आमा तथा आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले कोभिड १९ को बेला सारा संसार एक्ला एक्लै बाँच्न संघर्ष गरिरहेको बेला जेनिशाले विदेशी भूमिमा बसेर लस्ट लेटर्स लेख्ने हिम्मत गरेका कारण आज अन्तर्राष्ट्रिय स्तरमा इतिहास रच्न सफल भएको चर्चा गरिन्।
लामो समयदेखि अष्ट्रेलिया बस्दै आएकी जेनिशाको उपन्यास इमाजोनबाट राम्राे विक्री भईरहेको छ। यसको नेपाली संस्करणका लागि पनि माग भईरहेको उनले जानकारी गराएकी छन्।











प्रतिक्रिया