प्रज्ञा प्रतिष्ठानकाे दोहोरो सुविधामा राेक


काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले दिँदै आएको दोहोरो सुविधा कटौती गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन विपरित उक्त सुविधा दिँदै आएको भन्दै कटौती गरेको हो ।

‘प्रज्ञा प्रतिष्ठानको जीवनको महत्वपुर्ण चासो जीवनमा चासो र आलोचकका रुपमा रहेका आजीवन सदस्यहरुको दोहोरो सुबिधाको विषयमा निर्णय गर्नै पर्ने आवाश्यक्तालाई ध्यान दिई दोहोरो सुविधामा रहेका आजीवन सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानवाट दिइँदै आएको मासिक पारिश्रमिक नदिने निर्णय गरिएको छ’ प्रज्ञा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो ।

प्रतिष्ठानका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा (८) बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने हुँदा नेपाल सरकार, विश्वविद्यालयहरु तथा अन्य निकायवाट निवृतिभरण लिइरहेका आजीवन सदस्यहरुलाई विस २०७९ फागुन महिना देखी यस प्रतिष्ठानवाट आजिवन सदस्यको पारिश्रमिक सुविधा उपलब्ध नगराउने निर्णय गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।