दरबारमार्गमा पार्किङ निषेधको निर्णयविरुद्ध व्यापारीले सटर बन्द गर्ने


काठमाडौं । दरबारमार्गमा पार्किङ निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध त्यहाँका व्यापारीले आज एक घण्टा सटर बन्द गर्ने भएका छन् ।

विकल्प नदिई पार्किङ हटाइएको भन्दै उनीहरूले विरोधस्वरूप सटर बन्द गर्न लागेका हुन् ।

अपराह्न साढे ४ देखि साढे ५ बजेसम्म सटर बन्द गर्ने व्यापारीको तयारी छ ।

महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।