राष्ट्रपति निर्वाचनको तयारी, तोकिए मतदान अधिकृत र मतदान स्थल



काठमाडौं । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । आयोगले निर्वाचन अधिकृत र मतदान स्थल तोकिसकेको बताएको छ ।

मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ भने मतदान स्थल नयाँ बानेश्वरस्थित आयोग संघीय संसद् भवन परिसरलाई बनाइने आयोगले बताएको छ ।

आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले मतदान गर्नेछन् ।

राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्