भरतलाल श्रेष्ठको सम्झनामा बसन्तपुर डबलीमा रक्तदान



काठमाडौं ।

स्वर्गीय एमजेएफ पिडिजि लायन श्री भरत लाल श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । आज (बुधबार) बिहान ११ बजेदेखि श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

बसन्तपुर डवलीमा कामना पब्लिकेसन्स नेपाल समाचार पत्र, साधना, कामना, न्यूज अफ नेपाल, रोलिङ स्टोन्स स्कुल, हाम्रो फार्मा, ब्लड डोनर एसोसिएसन, लायन्स क्लब विशाल बजार, स्यस्यः समाजद्वारा आयोजना गरिएको छ ।रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । यो कार्यक्रम बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्