ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु, सहमतिमा नेतृत्व चयन गर्न ओलीको सुझाव



काठमाडौं ।

एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका छन् ।

महाअधिवेशनको उद्घाटनसत्रलाई अहिले अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । उनले नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गरेका छन् ।

यसअघि अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताएकी थिइन् । मतदानमा जानुपरेमा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताएकी थिइन् ।

महाधिवेशनले नेतृत्वसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । आगामी नेतृत्वका लागि आरसी लामिछाने र मोती विश्वकर्मा रसमिक बडालले दाबी गरिरहेका छन् ।
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्