प्रधान सेनापति शर्मा र अमेरिकी उपसहायक सचिव अख्तरबीच भेटवार्ता



काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरोमा उपसहायक सचिव अफरीन अख्तरबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्