मोबाइल लुटपाट घटनाका दोषीलाई कारबाही गर्न प्रहरीलाई गृहको निर्देशन



काठमाडौँ।

गृह मन्त्रालयले काठमाडौँको बालाजुमा सोमबार साँझ भएको यातायात मजदुरको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाट घटनाको छानविन गर्न प्रहरीलाई निर्देशन दिएको छ।

गृह सचिव विनोद प्रकाश सिंहले मंगलबार प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई फोन गरी यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

यातायात मजदुरले गरेको आन्दोलनले सोमबार साँझ उग्ररुप लिएको थियो । उत्तेजित भीडले ल्होत्से मलभित्रै प्रवेश गरेर मोबाइल पसमा तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए। त्यस आघि माछापोखरीमा भीडले सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्