हेमन्त र सुनीताको पिरती



गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ । गीतमा हेमन्त र गायिका सुनीता बुढा क्षेत्रीको स्वर छ ।

राजकुमार बगरको शब्द तथा संगीतमा तयार पारिएको गीतमा गायक स्वयमकै एरेन्जमेन्ट रहेको छ ।

पर्यटकीय नगरी घान्द्रुकमा छायांकन गरिएको भिडियोमा माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलाको काखैमा पुगेर हेमन्त, विजय पुन, निशा मगर र चाहना मगरले नृत्य गरेका छन् ।

भिडियोमा प्रेममा परेपछिको खुसीलाई रोमान्टिक कहानीमार्फत प्रस्तुत गरिएको छ । निर्देशक मौसम हिमालीले भिडियोलाई कलात्मक शैलीमा पस्किएका छन् ।

नवीन घर्ती मगरको सम्पादन रहेको भिडिओको छायांकन पवन सुसलिङले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्