हेटौंडा आइडलमा भोटिङ शुरु



हेटौंडा । हेटौंडा १०, टीसीएसन चौरमा जारी १०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्तर्गतको हेटौंड अइडल गयन प्रतियोगितमा भोटिङ राउन्ड शुरु भएको छ ।

टपटेनमा पर्ने प्रतिस्पर्धीलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समिति संयोजक एवम् उवा संघ कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

टपटेनमा अनिता मोक्तान, प्रेमलाल बैठा, आवाज सुनार, सुष्मिता श्रेष्ठ, दीपेश श्रेष्ठ, राजेन्द्र सापकोटा, राजेश दर्नाल, सुसन शाही ठकुरी, विजय लामा र दीपा स्याङतान छन् ।

प्रतिक्रिया दिनुहोस्