नेपथ्य अब अस्ट्रेलियातिर



लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको आठ सहरमा सांगीतिक यात्रा गर्ने भएको छ ।

मानवताका लागि संगीत नामको सांगीतिक अभियान यात्रामा हालै मात्र एक महिना लामो देशव्यापी यात्रा तय गरेको नेपथ्यले अस्ट्रेलियामा नेपथ्य म्युजिक फर ह्युम्यानिटी अस्ट्रेलिया टुर २०२३ गर्न लागेको हो ।

डार्बिनस्थित इन्टरटेनमेन्ट सेन्टरबाट प्रारम्भ हुने टुर एडिलेडस्थित हिन्डले म्युजिक हल, ब्रिसबेनको फोर्टिच्युड म्युजिक हल, क्यानबेराको म्येनिंग क्लार्क हल, पर्थको मेट्रो सिटी हल, सिड्नीको होडर्न पभिलियन, भिक्टोरियास्थित मेलबर्नको फोरम मेलबर्न हल र तास्मानियामाको होबार्टस्थित ओडियन थिएटरमा पुगेर समापन हुनेछ । फेब्रुअरी १७ तारिख शुक्रबारको दिन नेपथ्यका लोकभाकाहरू घन्किनेछन् ।

अस्ट्रेलिया यात्राको लागि गायक अमृत गुरुङका साथ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीको ६ सदस्यीय टोली आज त्यसतर्फ लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्