लोकपपमा आयो सरिताको माया



एक महिनापछि छायांकन शुरु हुने फिल्मका लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेसन चुनिएको छ ।

मोडल तथा गायिका सरिता भारतीले बिहीबार नयाँ गीत मेरो माया भनी भिडियोसहित सार्वजनिक गरेकी छन् ।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको गीत नेपाली लोक पप जनरामा आधारित रहेर सेलो शैलीमा तयार गरिएको छ । आरजे सिंहको शब्द रचना रहेको गीतमा जुगल डंगोलको संगीत र उनकै संगीत संयोजन रहेको छ ।

हिमाली क्षेत्रको लोक धुनलाई फ्युजन सेलो लोकपप गीत तयार पारिएको डंगोलले बताए । नेपालको हिमाली क्षेत्रमा रहेका शेर्पा समुदायको लोक शैलीमा तयार गरिएको गायिका भारतीले बताइन् । गीतको भिडियोमा गायिका भारतीका साथ दिक्पाल कार्कीले अभिनय गरेका छन् । भिडियोमा भारती र कार्कीलाई शेर्पा समुदायको चरित्रमा उतारिएको छ ।

विलक्षण क्रियसन प्रालिद्वारा निर्मित भिडियोमा निर्देशन उमेश गुरुङ, छायांकन कृष्णबहादुर थापा र सम्पादन निर्देशक गुरुङको छ ।

प्रतिक्रिया दिनुहोस्