एलिनाको अन्त नजर



गायक गायिका शम्भु श्रेष्ठ र एलिना चौहानद्वारा स्वरबद्ध अन्त नजर बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ ।

रमणीय स्थल पाइलट बाबामा छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द सिर्जना रहेको छ। जसमा संगीतकार
भीम बिसीले संगीत भरेका छन् ।

कमल सिंह र एलिसा बास्तोलाको अभिनय रहेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन र दिनसन शाहको सम्पादन रहेको छ ।

सन्तोष राजवाहकले निर्देशन गरेको भिडियो संगीतकार भीम बिसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्