राजु र ममताको चोखो माया



गायिका ममता मैनालीको रमाइलो गीत यति चोखो मायाको भिडियो सार्वजनिक गरिएको छ ।

मकवानपुर, हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको गीतमा ममताका साथमा राजु सापकोटाको स्वर रहेको छ ।

चोखो मायामा घात गरे पाप लाग्ने कुरा गीतको भिडियोमा देखाउन खोजिएको छ । राजु विरही सापकोटाको

शब्द रचना र संगीत रहेको गीतको भिडियोमा सापकोटा र जुना कार्कीले अभिनय गरेका छन् ।

राजाराम सिम्खडाको कोरियोग्राफी र मिलन श्रेस्ठको निर्देशन रहेको भिडियोमा छायांकन सन्तोष चौलागाईं र सम्पादन रोशन धितालको रहेको छ ।

गीतको भिडियो मिलन फिल्म्स प्रालिबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्