रोनितको दृष्टि



गायक रोनित खालिङ राईले हालै अर्को नयाँ म्युजिक भिडियो दृष्टि सार्वजनिक गरेका छन् ।

गीतलाई गायक राई, पेम्बा र आकाशले संयुक्तरूपमा रचना गरेका छन् भने पेम्बा र आकाशले सयुक्तरूपमा संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियोमा एउटा युवाले अनाथालयलाई सहयोग गर्नका लागि गरेको प्रयास र यात्रालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

भिडियोमा तेन्जिन डोल्मा बज्राचार्य र स्वयम् गायक राईको अभिनय रहेको छ । ग्रे म्याटर फिल्म्सको प्रस्तुति रहेको भिडियोमा विकास रञ्जितकारको छायांकन र सम्पादन रहेको छ भने दिवेज शाहले निर्देशन गरको छन् । भिडियो गायक राईको युट्युब च्यानल रोनित खालिङ राईबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्