मेक्सम र विनिशाको गीत सार्वजनिक



गायक/गायिका मेक्सम खाती र विनिशा पौडेलको स्वरमा मलाई जिन्दगी काट्नु छ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ ।

गीतमा विशाल नेपाली र विजय सुनारको शब्द रचना, विशाल नेपालीको संगीत तथा विजेश्वर राज तण्डुकारको संगीत संयोजन रहेको छ ।

विशाल नेपालीद्वारा निर्देशित भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानी प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल र सामरिका ढकालले अभिनय गरेका छन् भने दिनेश पराजुलीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्