गीतकार संघमा बित्यासी



गीतकार संघ नेपालमा गीतकार वसन्त बित्यासी थापा निर्विरोध अध्यक्ष चयन भएका छन्। हालै राजानीमा सम्पन्न तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

संघको उपाध्यक्षमा रमेश कोइराला बहुमतका साथ निर्वाचित भएका छन्। उपाध्यक्षका अर्का प्रत्यासी विपिन किरणले १६ मत ल्याएका थिए भने कोइराला ५३ मत ल्याएर निर्वाचित भएका हुन्। महासचिवमा भारी मतान्तरका साथ टीका राई (शिव) निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी महेश आचार्यले १६ मत ल्याएका थिए भने राईले ४८ मत ल्याएर निर्वाचित भएका थिए।

सचिवमा शितल कादम्बिनी र कोषाध्यक्षमा चेतन खतिवडा निर्विरोध निर्वाचित भएका छन्। संघको कार्यसमिति सदस्यमा कमल पौडेल, जीवन मुकारुङ, सुरेन्द्र थपलिया, राधा पाण्डे गिरी, तिब्बत बहादुर दर्लामी, भगवती रोक्का (भूमिका) निर्विरोध निर्वाचित भएका छन्।
प्रा.डा. कृष्णहरि बरालको नेतृत्वमा स्थापना भएको गीतकार संघ नेपालको अध्यक्षमा योगेन्द्रमणि दाहाल (दुई कार्यकाल), चूडामणि देवकोटा (दुई कार्यकाल) र शुभ मुकारुङले एक कार्यकाल नेतृत्व गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्