भिडियोमा दिलराजा



गायक गायिका भीम दोर्जे तामाङ र रचना रिमालको स्वरमा दिलराजा बोलको गीत भिडियोसहित रिलिज गरिएको छ।

शब्द रचना र संगीत रमेश दर्नालको रहेको गीतको भिडियो काठमाडौंको चोभार, कपन, भद्रकालीलगायतका स्थानमा छायांकन गरिएको छ। भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र गरिमा शर्माले अभिनय गरेका छन्।

भिडियोमा गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफल प्रेम कथा प्रस्तुत गरिएको छ। गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको छ भने छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहालको रहेको छ। दीपखुशी लामाले निर्माण गरेको भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्