मुटुको ढुकढुकीमा यशराज र प्रमिला



गायक जीवन प्रधानांगको नयाँ गीत मुटुको ढुकढुकीमा हालै आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजेशमान सिंहको शब्द र सुमन नेपालीको संगीत रहेको छ।

गीतको भावअनुसार तयार पारिएको भिडियोमा अभिनेता तथा मोडल यशराज गराचका साथ मोडल प्रमिला दाहालले अभिनय गरेका छन्। विभिन्न आकर्षक तथा प्राकृतिक स्थानमा छायांकन गरिरहेको म्युजिक भिडियोमा एसराज र प्रमिलाले मन छुने अभिनय गरेका छन्।

भिडियो लुज्व सिंहको निर्देशन तथा परिकल्पनामा तयार पारिएको छ भने सुनील श्रेष्ठले छायांकन गरेका छन्। लुज्व इन्टरटेन्मेन्टल सम्पादन गरेको भिडियोले अपलोड गरेको केही समयमै राम्रो भ्युज प्राप्त गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्