शंकर र शान्तिले ल्याए भिडियो



गायक तथा गीतकार शंकर थापा ञस्माइलु र गायिका शान्ति गजमेर सुनारको रिसाऊ बरु सहन्छु बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

नवराज भुमरी आचार्यको शब्द रचना रहेको गीतमा गायक स्वयम् थापाले संगीत भरेका छन् भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा गायिका सुनार र प्रिन्स विश्वकर्मालाई फिचरिङ गरिएको छ।

कालिञ्चोक वरपरका दृश्य समेटिएको भिडियोमा छायांकन सुजन श्रेष्ठ र सम्पादन दिन्सन शाहको रहेको छ। प्रणव सुनारद्वारा निर्मित भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्