फोहोर नजलाउन नाटक



वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग र सुप्रिम म्युजिक एन्ड फिल्मस् प्रालिको सहकार्यमा खुलारुपमा फोहोरजन्य पदार्थ जलाउने कार्यको विरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यका साथ रेडियो नाटक सचेत निर्माण गरिएको छ।

नाटक सचेत दश भाग निर्माण भएको र प्रसारणपछि यसले खुलारुपमा फोहोरजन्य पदार्थ जलाउने कार्यलाई निरुत्साहित गर्नेमा नाटकका लेखक रामकाजी घिमिरे ढुक्क रहेको बताउछन्।

नाटकमा मोहन निरौला, सुभाष गजुरेल, उत्तम केसी, मञ्जु श्रेष्ठ, कृष्ण ढुंगाना, मुकुन्द मैनाली, शिवशंकर रिजाल, राधा श्रेष्ठ, विश्वदीप घिमिरे, सोनिका बास्तोला, शम्भुप्रसाद ढुंगाना, सचिता बुडाथोकी, प्रेम शर्मा पौडेल, विश्वराम विष्ट, नारायण चालिसे र बालकलाकार शान्भिथा ढुंगानाले स्वरांकन गरेका छन्।चाँडै नै रेडियोमा प्रसारण हुने नाटकको निर्देशन रामकाजी घिमिरे र हिमाल उप्रेतीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्