केकीको सान्बाबु



गायक गायिका प्रवीण बेडवाल र प्रतिमा केसीद्वारा स्वरबद्ध सान्बाबु बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।
रोहित घिमिरेका शब्द रचना र सीएल शर्माको संगीत रहेको सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक जोडी बाँधिएको छ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा वैंशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। द डिभाइन म्युजिकबाट बजारमा आएको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्