गिरी विश्वकर्मा र तुलसी विश्वकर्माको म्युजिक भिडियो सार्वजनिक (भिडियाेसहित)



काठमााडौं  । 

गिरी विश्वकर्मा र तुलसी विश्वकर्माको अभिनित ‘सातै सुरको सरगम तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  हाल चर्चित गायक प्रविन बेडवालको जादुमय स्वर ,श्रीकृष्ण राईको शब्द,शङ्कर सिङ ठकुरीको संगीत,बाबुल गिरिको एरेन्जमा रहेको गीत ‘सातै सुरको सरगम तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको हाे  ।

उक्त भिडियोलाई कुमार गजुरेलले निर्देशन गरेका हुन्। निर्देशक गजुरेलले धेरै म्युजिक भिडियोहरू निर्देशन गर्नुका साथै कलाकारिता पाटोलाई पनि अगाडि बढाइरहेको पाइन्छ। गजुरेलले यश भिडियोमा समाजमा घटिरहेको सत्य घटनाको कथा बस्तुलाई पृथक् तरिकाले प्रस्तुत गरेको पाइन्छ भने कलाकारद्वय गिरी विश्वकर्माले यस अघि ‘मेरो यो आँसु’, बाचा गराैला, गुर्जाकाे गाउँ लगायत थुप्रै भिडियाेमा अभिनय गरेका छन्  ।

तुक छन्त्यालको छायाङ्कन,सम्पादन उदिप रिसालको सह निर्देशन, अविनाश राई प्रोडक्स्न म्यानेजर रहेको उक्त भिडियो कुमार गजुरेलकाे युट्युब च्यानल मार्फत हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्