गुल्मी दोहोरी प्रतिष्ठानमा भद्मराई



गुल्मी, (नेस)। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट शिलु भद्मराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ।

जिल्ला सदरमुकाम तम्घासमा शनिबार राति सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेको हो। समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्वितीय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिवमा गणेश अधिकारी, सह(सचिवमा अनिल खत्री, कोषाध्यक्षमा लोकेन्द्र कुँवर, सह-कोषाध्यक्षमा कमल कँडेल चयन भएका छन्।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले शुभारम्भ गरेको अधिवेशनको अवसरमा राष्ट्रिय कलाकार पुस्कल शर्मा, नारायण बीपी परियार, गणेश अधिकारी, उज्ज्वल गिरी, रितु थापा, लालुमाया कुँवरलगायतका आधा दर्जन बढी कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्