नातिकाजी सम्मान र पुरस्कार घोषणा



नातिकाजी स्मृति समाजले उनको ९७औँ जन्मजयन्तीको अवसरमा विभिन्न विधाको सम्मान तथा पुरस्कार घोषणा गरेको छ।
राजधानीको मित्रपार्कस्थित नातिकाजीकै निवास प्रांगणमा संगीतकर्मीहरुको भेलाका बीच आइतबार विभिन्न विधाका नातिकाजी सम्मान र पुरस्कारको घोषणा गरिएको हो।

समाजका सचिव एवं पत्रकार दीपक श्रेष्ठ विहीनु ले गीत रचनातर्पm मनबहादुर मुखिया, शुभ मुकारुङ र अमर वन्तुलाई, गायनतर्पm प्रदीपराज पाण्डे र बिके रानालाई, गायन र गीत संगीत प्रवद्र्धनतर्पm कन्हैया सिंह परियारलाई, रेकर्डिस्टतर्पm दीप तुलाधरलाई र संगीत संयोजनतर्पm फणिन्द्र राईलाई नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान–२०७८ बाट सम्मान गरिने जानकारी गराए।

त्यसैगरी, गायनतर्पm राज सिग्देल र माण्डवी त्रिपाठी, रचनातर्पm एकनारायण भण्डारीलाई र संगीततर्पm कालीप्रसाद बा∫स्कोटालाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८, गायनतर्पm कृष्ण काफ्ले र अस्मिता अधिकारी, गीत रचनातर्पm देवेन गिरी र संगीततर्पm दीपक शर्मालाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७८ प्रदान गरिने भएको छ। त्यस्तै, चन्दन कुमार श्रेष्ठलाई नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८, रविन कार्की ढलीलाई नातीकाजी राष्ट्रिय संगीत संयोजन तथा वाद्य पुरस्कार २०७८, देवी घर्ती मगरलाई नातीकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७८, आशिष सचिन गौतमलाई नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार २०७८ प्रदान गरिने भएको छ।

त्यस्तै, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार डम्बरबहादुर बुढाथोकी र कुबेरराज गिरीलाई प्रदान गरिने समाजका सचिव दीपक श्रेष्ठले जानकारी गराए। सबै सम्मान र पुरस्कारको राशि जनही ११ हजार एक सय ११ रुपियाँ रहेको छ।भेलमा समाजका अध्यक्ष शम्भुजित बास्कोटाले नेपाली संगीतका धरोहर नातिकाजीकै आँगनमा उभिएर उनलाई सम्झन पाएकोमा खुसी व्यक्त गर्दै रेडियो नेपालमा आप्mनो स्वर परीक्षा नातिकाजीले नै लिएको स्मरण गरे। ञनातिकाजीको संगीतमा नेपालीपन हुने गथ्र्यो, उहाँ संगीतको संरक्षणकर्ता हुनुहुन्छ। यो सबै सम्मान र पुरस्कार हामी संगीतकर्मीका लागि उहाँको प्रसादको रुपमा ग्रहण गर्नुहोला बास्कोटाले भने।

प्रतिक्रिया दिनुहोस्