रोचक बन्दै क्रोएसिया र मोरक्को खेल, दुई मिनेटमा दुई गोल



काठमाडौँ ।

कतार विश्वकपको तेस्रो स्थानका लागि अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ चलिरहँदा दुवै टोली बराबरी खेलिरहेका छन् । खेलको सातौँ मिनेटमा क्रोएसियाले गोल गरेपनि त्यस लगत्तै मोरक्कोले बराबरी गोल फर्काएको थियो ।

खेलको आठौँ मिनेटमा मोरक्कोका अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीम ल्याएका हुन्। अलरायानस्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्