“पद्मा – श्याम गाेतामे पुरस्कार ” हास्यव्यंग्य लेखक तथा निवन्धकार पाँडेलाई



काठमाडाैं । 

नेपाली हास्यव्यंग्य साहित्यका एक धराेहर बरिष्ठ हास्य व्यंग्य निबन्धकार श्याम गाेतामे र वहाँ कि धर्मपत्नी पद्मा गाैतमकाे नाम बाट स्थापना गरिएकाे “पद्मा- श्याम गाेतामे पुरस्कार” बरिष्ठ हास्य व्यंग्य लेखक, निबन्धकार तथा बहु आयामिक ब्यक्तित्व राम कुमार पाँडेलाई प्रदान गरियाे ।

नगद रु एक्काईस हजार पुरस्कार राशी रहेकाे उक्त पुरस्कार पहिलाे पटक हास्य व्यंग्य लेखक पाँडेलाई प्रदान गरिएकाे हाे।

नेपाल स्रस्टा समाजले बुधबार एक बिशेष कार्यक्रमकाे आयाेजना गरि उक्त पुरस्कार प्रदान गरेकाे हाे। समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ” राेदन” काे सभापतित्वमा सम्पन्न भएकाे उक्त समाराेहमा गाेतामे पत्नि पद्मा गाैतम प्रमुख अतिथि रहनु भएकाे थियाे।

सम्मानित ब्यक्तित्व हास्य व्यंग्य निबन्धकार राम कुमार पाँडे, बरिष्ठ नाट्यकर्मी अशेष मल्ल ,साहित्यकारहरु बिधान आचार्य, श्रीओम श्रेष्ठ “राेदन” राधेश्याम लेकाली, धिरेन्द्र प्रेमर्षी, देविका तिमल्सिना, गाेतामेकि सुपुत्रि निरा गाैतमले मूर्धन्य हास्य व्यंग्य निबन्धकार श्याम गाेतामेकाे याेगदानकाे बारेमा चर्चा गर्नु भएकाे थियाे।

नगद रु एक्काईस हजार सहित सम्मान पत्र र दाेसल्ला ओढाएर प्रमुख अतिथि पद्मा गाैतमले हास्य व्यंग्यकार राम कुमार पाँडेलाई सम्मान गर्नु भयाे।कार्यक्रममा अभियान साहित्य कलाकार समाजका सँरक्षक, हास्य व्यंग्य लेखक तथा कलाकार डम्बर घिमिरे, साहित्यकार पशुपति दँगाल, लगायतका स्रस्टाहरुकाे उपस्थिति रहेकाे थियाे।

सम्मानित बहु आयामिक ब्यक्तित्व पाँडेले श्याम गाेतामे खराे स्वभाबकाे, निडर तिखाे व्यंग्य गर्ने र आफ्नै बुबालाई समेत भ्रष्टचारकाे मुद्दा हाल्ने एक अनाैठाे ब्यक्तित्व भएकाे स्मरण गर्नु भयाे त्यस्तै नाट्यकर्मी अशेष मल्लले पद्मा – श्याम गाेतामे पुरस्कार पाउने राम कुमार पाँडे सहि ब्यक्तित्व हुनु भएकाे भन्दै पाँडेकाे प्रशंसा गर्नु भयाे।

गाेतामेकि पुत्रि रेनु गाैतमले बुबाकाे नाममा पुरस्कार स्थापना गरेपछि बुबाकाे आत्माले पनि शान्ति पायाे हाेला भन्दै बुबाले हास्य व्यंग्यमा दिएकाे याेगदान बिर्सने नहुने बताउनु भयाे।कार्यक्रमकाे अन्त्यमा सभापति श्रीओम “राेदन”ले यस्ताे मुर्धन्य स्रस्टाकाे नाममा स्थापना भएकाे पुस्कार कार्यक्रम गर्न पाउँदा नेपाल स्रस्टा समाज पुलकित भएकाे र हरेक बर्ष हास्य व्यंग्य कलाकारलाई पद्मा श्याम गाेतामे पुरस्कार प्रदान गरिने जानकारि गराउनु भयाे।

प्रतिक्रिया दिनुहोस्