प्रेमीको बिहेमा फूलको चोट



आफ्नो बिहेका लागि तयार भएको युवाले अर्की युवतीसँग बिहे गरेको देख्दा, युवतीको मन के होला? अझ, आफ्नै हातले आफ्नो प्रेमीको बिहे गराइदिनुपर्दा युवतीको अवस्था कस्तो हुन पुग्ला? यस्तै कथा समेटेर हालै एक म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायिका रचना रिमालको स्वरमा प्रीति कार्कीको शब्द रचना रहेको फूलको चोट बोलको गीतमाथि यस्तो कथा बुनिएको भिडियो सार्वजनिक गरिएको हो। युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोसहितको गीतमा राजेन्द्र बजगाईंको संगीत रहेको छ। माइकल चन्दले निर्देशन गरेको भिडियोमा सुधीर श्रेष्ठ, आश्मा गिरी र प्रीति कार्कीले अभिनय गरेका छन्।

भिडियोमा आफूसँग बिहेको लागि ठिक्क परेको युवकले अर्कै युवतीसँग बिहे गरेपछि युवतीले भोगेको पीडालाई माइकलले मन छुने ढंगले प्रस्तुत गरेका छन्। भिडियोमा सुधीरको प्रीति र आश्मासँग दोहोरो प्रेम देखाइएको छ। भिडियोमा छायांकन उत्सव दाहाल र शिलन लम्सालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्