पुष्प र सामरिकाको शहरमा एउटा हल्ला



गायक ज्वालाराज शर्माको स्वरमा सहरमा एउटा हल्ला बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
प्रेमिल शैलीको गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द-रचना, अनिश श्रेष्ठको संगीत र गुरुङ कुमारको संगीत सखंयोजन रहेको छ।

गीतको भिडियोमा नायक पुष्प खड्का र सामरिका ढकालबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट गरिएको हो।

प्रतिक्रिया दिनुहोस्