बुढाथोकीको आत्मकथा



गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा पसिनाले भिजेको जिन्दगीको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ।

तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककार हुन्। ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखकसमेत रहेका बुढाथोकीको पुस्तक पसिनाले भिजेको जिन्दगीमा बुढाथोकीहरुको वंशावलीसमेत समेटिएको छ।

उनको आत्मकथालाई राजाराम फुयाँलले सम्पादन गरेका छन्। खप्तडी सेवा समाजका अध्यक्ष विकेन्द्र दीप बुढाथोकीको सभापतित्व तथा देविराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुढाथोकीको वंशावलीसमेत समावेश पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी गराए।

कार्यक्रमका वक्ताहरुले ८३ वर्षको उमेरमा पनि जोश र जाँगरका साथ सक्रिय भएर पुस्तक लेखेका गीतकार तथा लेखक बुढाथोकीको प्रशंसा गरेका थिए। ड्राइभिङ शिक्षाका प्रवर्तक बुढाथोकी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जली योगगानका रचनाकारसमेत हुन्। उनका एक दर्जनभन्दा पुस्तक प्रकाशन भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्